Saturday, October 5, 2013

Monday, October 27, 2008

उज्यालोको चाडमा बिजुलीको संकट

उज्यालोको चाड भनेर चिनिने तिहारको पूर्वसन्ध्यामा अधिकारीहरुले मानिसहरुलाई धेरै बिजुली नबाल्न अनुरोध गरेका छन्।
तिहारको चहलपहल बढे पनि लोड शेडिंग घट्ने सम्भावना देखिन्न
नेपाल विद्युत प्राधिकरणले जारी लोड शेडिंग घटाउने सम्भावना नभएकोले यस्तो अनुरोध गर्नु परेको बताएको छ।
तिहारको अवधिभर खासगरी बेलुकाको समयमा बिजुलीको माग आकाशिने हुँदा त्यो समय बिजुली उपभोग कम नगरीएमा पर्याप्त आपूर्ति नहुने चेतावनी अधिकारीहरुले दिएका छन्।
कलकारखाना बन्द भएपनि तिहारको बेला घरायसी कामको लागि बिजुलीको माग बढ्ने गर्छ।
नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटका अनुसार यस्तो माग पूरा गर्न प्राधिकरणले सक्दैन।
बत्तीको उत्सव
उनले भने,"अन्य समयमा भन्दा तिहारको साँझमा उत्सव बत्ती बाल्ने जस्ता चलनले बढेको माग धान्न सकिंदैन।"
उनले मानिसहरुलाई साँझको समयमा धेरै बत्ती नबाल्न तथा अन्य बिजुलीका उपकरणहरु नचलाउन अनुरोध गरे।
अन्यथा एक्कासी खपत बढ्दा गाउँ शहरका टोलमा ट्रान्सफर्मरले धान्न नसकेमा बिजुली प्रवाह अकस्मात रोकिने खतरा पनि रहेको भाटले जनाए।
हाल सातामा ३१ घण्टाको लोड शेडिंग भइरहेको छ।
यो समस्या झेलिरहेका मानिसहरु अझै निराश हुनुपर्ने देखिन्छ।
भाटका अनुसार देशकै एकमात्र जलाशययुक्त जलविद्युत योजना कुलेखानीको इन्द्र सरोवरमा पानीको सतह एकदम कम छ।
गत वर्ष १५३० मीटरसम्म रहेको पानी यसपाली १५०८ मीटर मात्र छ।
त्यस्तै कोशी डुबानका कारण भारतबाट बिजुली निर्यात हुने गरेको प्रसारण संरचनामा क्षति पुगेकोले पनि लोड शेडिंगको समय बढ्न सक्ने उनले औंल्याएका छन्।
नियमित समस्या बनिसकेको लोड शेडिंगले नेपाललाई अझै आउने केहि वर्षसम्म नछोड्ने वताइएको छ।
यस्तो बेला चाडबाड समेत धक फुकाएर मनाउन नपाएकोमा धेरै मानिसहरु खिन्न भएका छन्।


ताजा समाचार
प्रचण्डद्वारा साझा 'कम्युनिष्ट केन्द्र' को प्रस्ताव
उज्यालोको चाडमा बिजुलीको संकट
सचिवहरुको सरुवा बढुवा; सेना समायोजन विवादमै
नेपाली कांग्रेसको 'जागरण कार्यक्रम' शुरु


साथीलाई ई मेल गर्नुस्

छाप्न मिल्ने


हाम्रो बारेमा सम्पर्क ठेगाना सहयोग गोप्यता


^^ शुरुमा जानुहोस्


मुख पृष्ठ अन्य आकर्षण मौसम कार्यक्रमहरु साझेदारहरु फ्रिक्वेन्सीहरु


BBC